जातीय विभेदविरुद्ध तिलोत्तमामा दलित ज्ञान उत्सव हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुई दिने दलित ज्ञान उत्सव गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको जानकारी दिएको हो । पालिकाभित्रको जनसंख्यामध्ये ११ प्रतिशत रहेका दलित समुदायलाई मूलधारमा ल्याउनका निम्ति ’विभेदमुक्त नगर : समानतायुक्त नगर’ भन्ने मूल नारासहित आफ्नो नीति तथा […]

May 8, 2025 - 04:33
 0
जातीय विभेदविरुद्ध तिलोत्तमामा दलित ज्ञान उत्सव हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुई दिने दलित ज्ञान उत्सव गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको जानकारी दिएको हो ।

पालिकाभित्रको जनसंख्यामध्ये ११ प्रतिशत रहेका दलित समुदायलाई मूलधारमा ल्याउनका निम्ति ’विभेदमुक्त नगर : समानतायुक्त नगर’ भन्ने मूल नारासहित आफ्नो नीति तथा कार्यक्रममै तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ समावेश गरी कार्यक्रम गर्न थालिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।

‘दलित समुदायले उपेक्षित भइयो, आत्मसम्मान भएन भनिरहँदा समतामूलक मानवीयताको सहर बनाउन यस उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ,’ उनले भने ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले गत वर्षको उत्सवभन्दा केही परिस्कृत गरी यस उत्सव गर्न लागिएकाले यसले नयाँ आयाम थप्ने बताइन् । उनले आगामी नीति निर्माणका लागि कार्यक्रमले राम्रो सन्देश प्रवाह गर्ने र सुझाव संकलनसमेत हुने भएकाले आफूहरुले कार्यक्रमलाई सोहीअनुसार सञ्चालन गर्ने जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्सवले सामाजिक अन्तरघुलनलाई प्राथमिकतामा राखी जातीय विभेद अन्त्यका लागि चेतनामूलक नतिजा दिने दाबी गरे । उनले मानवताको सहरका रुपमा तिलोत्तमालाई विकास गर्ने रणनीतिअनुसार नै दलित समुदायको योगदानलाई पनि सम्मान गर्न उत्सवले सन्देश दिने बताए ।

विभिन्न ११ वटा शीर्षकमा दलित समुदायकेन्द्रित विभिन्न बहस सञ्चालन, विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत÷संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव सञ्चालन गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले यो उत्सवले दलित समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठूलो योगदान पुर्याउने बताए । ‘दलित समुदायले इतिहासदेखि वर्तमानसम्म र उनीहरूको साहित्य, कला, संस्कृति र दर्शन, जातीय समानताको सन्देश, युवा सशक्तिकरण, साँस्कृतिक संरक्षण र सहभागिताका विषयमा बहस गरिने छ,’ उनले थपे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register