झापालगायत विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइनसहित ६ जना पक्राउ

झापा, २४ वैशाख । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप(महानगरपालिका–३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ [...] The post झापालगायत विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइनसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

May 7, 2025 - 07:40
 0
झापालगायत विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइनसहित ६ जना पक्राउ

झापा, २४ वैशाख । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २३ गते मोरङ बिराटनगर–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप(महानगरपालिका–३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिवन्धित औषधी–४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले बिर्तामोड –८ स्थितमा कोठा भाडा लिई बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई खैरो हेरोईन ३ ग्राम २ सय २० मिलिग्राम सहित पक्राउ गरेको छ ।

सोही दिन Spasmoproxyvon ८ सय ९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की, ESCUF-४० बोतल सहित सुनसरी धरान–८ का ३८ वर्षीय मनोज विश्वकर्मालाई र धरान उप–महानगरपालिका–३ स्थितमा रहेको क्वालिटी फुड कर्नर होटल एण्ड लजमा बसेका कैलाली धनगढी का ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई निषेधित औषधी– spasmoproxyvon ३ सय ७० क्याप्सुल सहित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।,

The post झापालगायत विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइनसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register