एक लाख ५ हजार बन्धु समेटिएको रिजाल वंशावली पुस्तक लोकार्पण

शिवसताक्षी, २४ फागुन । धनञ्जय ऋषिकुल रिजाल वंश सेवा कन्द्रिय समितिले आज रिजाल वंशावली पुस्तक लोकार्पण गरेको छ । झापाको कोटिहोममा संस्थाको १४ औं वार्षिक साधारण सभा पारेर रिजाल वंशज सेवा केन्द्रिय समितिले पुस्तकको लोकार्पण गरेको हो । वि.सं. २०२६ सालदेखि वंशावली पुस्तक प्रकाशन गर्दा काम सुरु गरेको समितिले ४२ बर्षको मेहनतपछि रिजाल बंशज पुस्तक [...] The post एक लाख ५ हजार बन्धु समेटिएको रिजाल वंशावली पुस्तक लोकार्पण appeared first on Jhapa Online.

Mar 8, 2025 - 11:52
 0
एक लाख ५ हजार बन्धु समेटिएको रिजाल वंशावली पुस्तक लोकार्पण

शिवसताक्षी, २४ फागुन । धनञ्जय ऋषिकुल रिजाल वंश सेवा कन्द्रिय समितिले आज रिजाल वंशावली पुस्तक लोकार्पण गरेको छ । झापाको कोटिहोममा संस्थाको १४ औं वार्षिक साधारण सभा पारेर रिजाल वंशज सेवा केन्द्रिय समितिले पुस्तकको लोकार्पण गरेको हो ।

वि.सं. २०२६ सालदेखि वंशावली पुस्तक प्रकाशन गर्दा काम सुरु गरेको समितिले ४२ बर्षको मेहनतपछि रिजाल बंशज पुस्तक प्रकाशन गरी बिमोचन गरेको छ । समितिले आज (शनिवार) कनकाई माई धार्मिक स्थलस्थित रिजाल बन्धुहरुको भवनमा पुस्तक बिमोचनसँगै धनञ्जय ऋषिकुल रिजाल वंशज सेवा केन्द्रिय समितिको १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बिमोचन गरिएको रिजाल बंशज पुस्तकमा अमेरिका, अस्ट्रेलिया, जापान, थाइल्याण्ड, भारत, भूटान, बर्मा र नेपालका हिमाली चार जिल्लाबाहेक सवै जिल्लाका बन्धुहरु समावेश गरिएको पुस्तकका सम्पादक प्रकाशचन्द्र रिजालले जानकारी दिए । उनले हिमाली जिल्लाहरुमा वंशावली पुस्तक तयार पार्दा सम्म कुनै पनि रिजाल बन्धुहरुको तथ्यांक नभेटिएको बताए ।

पुस्तकमा एक लाख पाँच हजार बन्धुहरु समावेश छन् । एकहजार ४ सय पेजको उक्त पुस्तक पहिलो संस्करण भएको प्रकाशचन्द्रले बताए । हाल १ हजारप्रति प्रकाशन गरिएको पुस्तक २५ हजारदेखि एकलाख रुपैयाँ सहयोग गर्नेलाई निःशुल्क प्रदान गरिने र अन्यलाई सहयोग स्वरुप न्यूनतम दुई हजार ५ सय रुपैयाँ लिने सम्पादक रिजालले बताए ।

करिव २० लाख रुपैयाँको खर्चमा तयार गरिएको पुस्तक प्रकाशनका लागि केन्द्रिय समिति अन्तरगतका ७० जनाको पुस्तक प्रकाशन समिति निर्माण गरिएको र सात जनाको सम्पादन मण्डल समिति गठन गरिएको सम्पादक रिजालले जानकारी दिए ।

पुस्तक प्रकाशनका लागि २०२६ सालेदेखि अनवरत रुपमा खोज गरेर काम गरेको वंशावली संकलन कर्ता कल्याण रिजालले बताए । उनले आजसम्म निशुल्क रुपमा काम गरेको पुस्तकमा अनुसन्धानका क्रममा भेटिएका कुरालाई समावेश गरिएको र केही छुट भए दोस्रो संस्करण प्रकाशनमा समावेश गर्ने बताएका छन् । पुस्तक प्रकाशनका लागि संकलनका क्रममा नेपालका बिभिन्न जिल्लामा प्रत्यक्ष पुगेर धेरै मेहनतका साथ संकलन गरेको उनले बताए् । सोही कार्यक्रमकाबिच बन्धुहरुबाट संकलन रकम केन्द्रिय समिति कोटीहोमलाई हस्तान्तरण समेत गरेका छन् ।

संकलकर्ता रिजालले वशांवली संकलनका क्रममा सहयोग गर्ने बन्धुहरुलाई विशेष धन्यवाद दिएका थिए । कल्याण रिजालको खोज, अनुसन्धान र संकलनका आधारमा प्रकाशन गरिएको पुस्तक नमूना प्रेन्टिङ पे्रस बिर्तामोडका सञ्चालक कृष्ण रिजालको प्राविधिक सहयोगमा प्रकाशन गरिएको वंशावली निर्माण समितिले जनाएको छ ।

केन्द्रिय समितिका अध्यक्ष तीलनारायण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जग्गादाता रामप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समितिकी बरिष्ठ उपाध्यक्ष शारदा ढकाल रिजालले गरेको कार्यक्रमको सञ्चालन महासचिव इन्द्रप्रसाद रिजालले गरेका थिए ।

कार्यक्रममा डा. दीनदयाल रिजाल काठमाडौं, टीका रिजाल धनकुटा, तीलक रिजाल बिराटनगर, जय रिजाल पाँचथर फिदिमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालसहित भारतलगायतका रिजाल बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

The post एक लाख ५ हजार बन्धु समेटिएको रिजाल वंशावली पुस्तक लोकार्पण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register