कनकाई नगरपालिकाद्वारा कृषि औजार वितरणका लागि निवेदन माग

कनकाई, ३० माघ । झापाको कनकाई नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ । नगरपालिकाले माघ २८ गते एक सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन आगामी ४ गतेसम्म निवेदन दिन सक्नेछन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकै खेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत [...] The post कनकाई नगरपालिकाद्वारा कृषि औजार वितरणका लागि निवेदन माग appeared first on Jhapa Online.

Feb 12, 2025 - 06:59
 0
कनकाई नगरपालिकाद्वारा कृषि औजार वितरणका लागि निवेदन माग

कनकाई, ३० माघ । झापाको कनकाई नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ ।

नगरपालिकाले माघ २८ गते एक सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन आगामी ४ गतेसम्म निवेदन दिन सक्नेछन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकै खेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत लागत सहभागितामा निवेदन माग गरिएको नगरको कृषि शाखाले जनाएको छ । नगरपालिकाले लागत सहभागितामा सिँचाइ मोटर, मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन वितरण गर्न लागेको हो ।

निवेदनसहित कृषकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपुर्जाको प्रतिलिपी ÷ लिजमा लिएको कागजात ऐलेनी जग्गाको हकमा नगरपालिकाबाट प्राप्त निस्सापत्रको प्रतिलिपी, आव २०८१/८२ सम्म नगरपालिकामा बुझाउने पर्ने मालपोत, भुमिकर, सम्पतिकर तिरेको प्रमाणित बिल बुझाउनुपर्ने छ ।

यस्तो सूचना नगरपालिकाले जारी गरेको सूचना

The post कनकाई नगरपालिकाद्वारा कृषि औजार वितरणका लागि निवेदन माग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register