आगलागीमा ४० लाख बराबरको क्षति

उदयपुर।   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ मुसर्निया गाउँमा  भगवती माध्यमिक विद्यालय नजिक रहेको सोवित खत्रीको घरमा मंगलबार राती ११.४० बजे भएको आगलागीमा करिब ४० लाख बराबरको क्षति भएको छ ।  राती खाना खाएर सबै सुत्न गएपछि भान्सा कोठामा विद्युत् सर्ट भएपछि ग्यास सिलिण्डरमा आगो सल्कदा सबैतिर आगो लागेको थियो । सो आगलागीमा परी सोवित […]

May 7, 2025 - 14:17
 0
आगलागीमा ४० लाख बराबरको क्षति

उदयपुर। 

 उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ मुसर्निया गाउँमा  भगवती माध्यमिक विद्यालय नजिक रहेको सोवित खत्रीको घरमा मंगलबार राती ११.४० बजे भएको आगलागीमा करिब ४० लाख बराबरको क्षति भएको छ । 

राती खाना खाएर सबै सुत्न गएपछि भान्सा कोठामा विद्युत् सर्ट भएपछि ग्यास सिलिण्डरमा आगो सल्कदा सबैतिर आगो लागेको थियो । सो आगलागीमा परी सोवित खत्री र उनका दाइ मोहन खत्रीको सबै सामान जलेर नष्ट भएको छ । सोवित र मोहन दाजुभाइ वर्षौदेखि एकै घरमा बस्दै आएका थिए ।

आगलागीमा घरमा रहेको सबै सामान जलेर खरानी भएको छ । खाद्यान्न, लता कपडा, सुनचाँदीका गहना, फर्निचरका सामान, ओढ्ने ओल्छ्याउने लगायतका समपूर्ण सामान नष्ट भएको वडा नं १० का वडाध्यक्ष धर्मेन्द्र कुमार खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आगलागीमा परी करिब ४० लाखको क्षती भएको छ भने आगलागिबाट कुनै मानवीय र चौपायाको क्षति भएको छैन । तर घरमा भित्र रहेको कुनै पनि सामान निकाल्न नसकेको अवस्था रहेको छ ।

आगलागी भएको ठाउँमा चौदण्डीगढी नपाको दमकल समयमा पुग्न नसकेको र प्रहरी पनि ढिलोगरी पुगेका कारण क्षती बढी भएको जानकारी दिँदै १० नं वडाध्यक्ष खड्काले ९ नं वडाध्यक्ष सोमबार  त्रियुगा नदीमा आएको बाढीले होमपाइप राखेर बनाइएको अस्थायी बाटो बगाएकोले सो बनाउन व्यस्त रहेको जानकारी दिँदै आगलागी भएको ठाउँमा दमकल र प्रहरी पुग्न त्रियुगा नदीमा आएको बाी बाधक भएको र नदीमा सोमबार राती मात्र एउटा यात्रु बाहक बस त्रियुगा नदीमा भासिएकोले पनि फत्तेपुरतिरबाट जानु पर्ने भएकोले समय लागेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register