त्रियुगा वडा नं ६ को सार्वजनिक सुनुवाइमा दुई स्रष्टा सम्मान

उदयपुर ।  त्रियुगा नगरपालिका  ६ नं वडा कार्यालयले मंगलबार वडा कार्यालयले गरेका कामको विवरण सहित बजेट खर्चको सार्वजनिक रुपमा वडाका टोल कमिटीका पदाधिकारी तथा स्थानीय जनताका बिचमा सार्वजनिक  सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । साथै सो वडाका दुई जना स्रष्टालाई सम्मान पनि गरेको छ । त्रियुगा नगरपालिका ६ नं वडा कार्यालयको आयोजना तथा उदयपुर साहित्य […]

May 28, 2025 - 16:43
 0
त्रियुगा वडा नं ६ को सार्वजनिक सुनुवाइमा दुई स्रष्टा सम्मान

उदयपुर ।

 त्रियुगा नगरपालिका  ६ नं वडा कार्यालयले मंगलबार वडा कार्यालयले गरेका कामको विवरण सहित बजेट खर्चको सार्वजनिक रुपमा वडाका टोल कमिटीका पदाधिकारी तथा स्थानीय जनताका बिचमा सार्वजनिक  सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । साथै सो वडाका दुई जना स्रष्टालाई सम्मान पनि गरेको छ ।

त्रियुगा नगरपालिका ६ नं वडा कार्यालयको आयोजना तथा उदयपुर साहित्य कला प्रतिष्ठानको संयोजनमा भएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं ६ का ३१ वटा टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूको र स्थानीय जनताको सहभागितामा भएको थियो ।

६ नं वडाका वडाध्यक्ष योगेन्द्र बहादुर दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्षले आर्थिक वर्ष २०७९। ०८०, २०८०। ०८१ मा सम्पन्न भएका योजनाहरुको बारेमा हाते पुस्तक प्रकाशन गरेर वडाका सबैलाई वितरण गरेका छन् ।

 यसैगरी वडा सचिव खेमराज कुमाईले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म सम्पन्न भएका, हुँदै गरेका र बाँकी कामहरुको विवरण र त्यसकालागि खर्च भएको बजेटका बारेमा पनि सबेका अगाडि विवरण प्रसतुत गरेका थिए ।

वडा कार्यालयले तीन वर्षमा  भए गरेका कामको विवरण र बजेटका बारेमा जानकारी दिए पश्चात सहभागीहरुले वडाध्यक्ष समक्ष सरसफाईका बारेमा, फोहर व्यवस्थापनमा देखिएको समस्या, गाउँ बस्ती नजिक फोहर फालेको, सडक मर्मत तथा नाला निर्माण, नदी तथा खहरेमा तटबन्ध र छुटफुट योजनाहरुका बारेमा जिज्ञासा राखेका थिए ।

सहभागिहरुले सोधेको प्रश्नको, जिज्ञासाको जवाफ दिंदै वडाध्यक्षले टोल विकास सस्थाले छनौट गरेका योजनाहरु कार्यान्वयनमा ल्याएको र योजना धेरै बजेट थोरै भएकोले पनि योजनाहरु सम्पन्न गर्न समस्या भएको जानकारी दिंदै सकेसम्म छनौट भएका सबै योजना कार्यान्वयन गर्न प्रयास भएको बताए ।

उदयपुर स्थानीय तहहरु मध्ये त्रियुगा नपा ६ नं वडाले नै पहिलो पटक सम्पन्न भएका योजनाहरुको अभिलेख स्वरुप हाते पुस्तक प्रकाशन गरेको र यो हाते पुस्तक भावि जनप्रतिनिधिहरुकोलागि समेत आवश्यक पर्ने भएकोले आवश्यकता महसुस गरी प्रकाशन गरेको वडाध्यक्ष दाहालले बताए ।

कार्यक्रमको अन्त्यमा स्रष्टाहरु कुबेरकान्त काफ्ले र कीर्ति बहादुर खड्कालाई वडाध्यक्ष दाहालले दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेका थिए । सो अवसरमा स्रष्टा काफ्ले र खड्काले कविता वाचन गरेका थिए । सो कार्यक्रममा मनोरमा पंजियारले गीत र कार्यक्रम संचालक उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले व्यङ्ग्य गीत गाएर सहभागिहरुलार्ई मनोरञ्जन प्रदान गरेका थिए ।

सो कार्यक्रममा जेष्ठ नागरिक उद्धव बहादुर राउत, वडा समन्वय टोल विकास संस्थाकी अध्यक्ष कविता दाहाल, वडा सदस्य प्रवेश खड्का लगायतका वक्ताहरुले बोलेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register