जम्मु काश्मिरमा पुनः गोलीबारी सुरु

काठमाडौं ।   भारत र पाकिस्तानबीच जम्मु काश्मिरमा पुनः गोलीबारी भएको खबर प्राप्त भएको छ ।  शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवै पक्षबाट गोली हानाहान भएको बीबीसीले खबर लेखेको छ । बीबीसीका अनुसार कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी सुरु भएको हो। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उरी सेक्टरमा गोली […]

May 9, 2025 - 17:25
 0
जम्मु काश्मिरमा पुनः गोलीबारी सुरु

काठमाडौं ।   भारत र पाकिस्तानबीच जम्मु काश्मिरमा पुनः गोलीबारी भएको खबर प्राप्त भएको छ ।  शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवै पक्षबाट गोली हानाहान भएको बीबीसीले खबर लेखेको छ ।

बीबीसीका अनुसार कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी सुरु भएको हो।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उरी सेक्टरमा गोली विस्फोटको आवाज सुनिएको छ।   पठानकोटमा रहेको बीबीसी टोलीले पनि विस्फोटको आवाज सुनेको समाचारमा उल्लेख छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा कर्णेल सोफिया कुरेशीले बिहीबार रातभर फरक फरक स्थानमा आक्रमण भएको जानकारी दिएकी थिइन्। तर पाकिस्तानले भने त्यस्तो कुनै आक्रमण नभएको दाबी गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register