संरक्षणको अभावमा पोखराको गुँदे ताल (तस्वीरहरु)

काठमाडौं । पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ । गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो । संरक्षणको अभावमा गुँद र ताल दुवै संकटमा परेका छन् । ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका […]

Jun 30, 2025 - 05:06
 0
संरक्षणको अभावमा पोखराको गुँदे ताल (तस्वीरहरु)

काठमाडौं । पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ ।

गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो । संरक्षणको अभावमा गुँद र ताल दुवै संकटमा परेका छन् ।

ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त रहेको स्थानीय बताउँछन् ।

गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न र जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न उक्त तालमा आउने गर्छन् । तर, संरक्षण नहुँदा तालमा आउने चराचुरुङ्गीको संख्या घट्न थालेका छन् ।

तस्वीरहरु- नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register