आईसीसी विश्वकप लिग-२ : स्कटल्यान्ड भ्रमणका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको छ । स्कटल्यान्डमा आगामी जुन २०२५ मा आयोजना हुने सिरिजका लागि टोलीको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, सोमपाल […]

काठमाडौं । आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
स्कटल्यान्डमा आगामी जुन २०२५ मा आयोजना हुने सिरिजका लागि टोलीको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ ।
घोषित टोलीमा रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, वासिर अहमद, गुल्शनकुमार झा, ललित नारायण राजवंशी, नन्दन यादव, रिजन ढकाल छन् ।
यसैगरी लिग-२ पछि हुने टी–२० आई श्रृङ्खलामा समावेश गरिने भनिएका तीन खेलाडीमा किरण ठगुन्ना, लोकेश बम र रूपेशकुमार सिंह छन् ।
What's Your Reaction?






