सवारी दुर्घटनामा प्रसनि खतिवडाको मृत्यु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको शनिबार सवारी दुर्घटनामा परेर ज्यान गएको छ । प्रसनि खतिवडा काम विशेषले शनिबार बिहान बिरानगर जाने क्रममा सुनसरीको दुहवी नगरपालिको दुहवी बजारमा उनी चढेको भ्यान बिहान ११.५० बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी प्रसनि खतिवडा घाइते भै उपचारकालागि विराट […]

May 11, 2025 - 03:27
 0
सवारी दुर्घटनामा प्रसनि खतिवडाको मृत्यु

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको शनिबार सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

प्रसनि खतिवडा काम विशेषले शनिबार बिहान बिरानगर जाने क्रममा सुनसरीको दुहवी नगरपालिको दुहवी बजारमा उनी चढेको भ्यान बिहान ११.५० बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी प्रसनि खतिवडा घाइते भै उपचारकालागि विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताए ।

त्रियुगा नगरपालिका ८ राजाबास घर भएका ३० वर्षीय प्रसनि खतिवडा चढेको भ्यान प्रदेश-२-०१-च-०२५१ का चालक चौदण्डीगढी नपा ६ का ३८ वर्षका सुरेश कार्की र उनकी १४ वर्षकी छोरी घाइते भएकामा उपचारका लागि बिराट टिचिङ अस्पतालमा लगिएको छ । भ्यान सडक किनाराको रेलिङमा ठोकिएर अनियन्त्रित भएको सूचना अधिकारी दोङले बताए ।

सवारी दुर्घटनामा ज्यान गुमाएका प्रसनि खतिवडाको पोष्टमार्टमपछि अन्त्येष्टि आफ्रनै घर ल्याएर गर्ने घरपरिवारले भनेपछि शवलाई गाईघाट ल्याइएको जानकारी दिंदै सूचना अधिकारी दोङले उनी काठमाडाैंको नारायण्हिटी सुरक्षा गुल्ममा दरबन्दी भइ हाल केही समयदेखि जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा कार्यरत रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register