अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले गत वैशाख २५ गतेदेखि नै छपाइ कार्य रोकिएको जानकारी दिएको हो । विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि यस्तो अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो । “विभागको प्रिन्टिङ प्रणालीमा समस्या देख...

What's Your Reaction?






