प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ – ऐनामा आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलका नेता तथा सांसदले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले भने, “नीति तथा कार्यक्रममा टिप्पणी गर्नेमा विपक्षी दलका नेता तथा सांसदले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा प्रयोग […]

May 11, 2025 - 08:58
 0
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ – ऐनामा आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलका नेता तथा सांसदले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको बताएका छन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले भने, “नीति तथा कार्यक्रममा टिप्पणी गर्नेमा विपक्षी दलका नेता तथा सांसदले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा प्रयोग गर्नु भएको थियो । म त्यता पनि जान चाहन्नँ । आफूलाई ऐना अगाडि राख्ने, त्यहाँ हेर्ने । यस्तो रैछन् उस्तो रैछस् भनेर गाली गर्ने ? त्यसमा मलाई केही भन्नुपर्छ जस्तो लाग्दैन ।”

मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नलिई उनले थपे, “त्यसो नगरे हुन्थ्यो । म सवाल जवाफमा जान चाहन्नँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register