आफ्नो नेतृत्वमा सरकार बने विचौलिया र राजनीतिको गठजोड भत्काउने प्रचण्डको दाबी 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधका फाइल लुकाएको अपराध लगाउँदै आफ्नो नेतृत्वमा सरकार बनेपछि ती सबै खोलेर विचौलियार राजनीतिको गठजोड भत्काउने बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशी भएको बताएका हुन् । ‘स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन […]

Feb 6, 2025 - 09:33
 0
आफ्नो नेतृत्वमा सरकार बने विचौलिया र राजनीतिको गठजोड भत्काउने प्रचण्डको दाबी 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधका फाइल लुकाएको अपराध लगाउँदै आफ्नो नेतृत्वमा सरकार बनेपछि ती सबै खोलेर विचौलियार राजनीतिको गठजोड भत्काउने बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशी भएको बताएका हुन् ।

‘स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि सुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register