कर्णालीले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको हो । कर्णालीका लागि अर्जुन घर्तीले ७१ रन बनाए । उनले ९४ रनमा ३ चौका र ३ छक्का प्रहार गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट […]

Mar 9, 2025 - 08:30
 0
कर्णालीले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको हो ।

कर्णालीका लागि अर्जुन घर्तीले ७१ रन बनाए । उनले ९४ रनमा ३ चौका र ३ छक्का प्रहार गरे ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । नारायण जोशीले २ तथा भोज राज भट्ट, मिलन बोहरा र शेर मल्लले १–१ विकेट लिए ।

टस जितेर कर्णालीले ब्याटिङ रोजेको थियो । मैदान भिजिएका कारण खेल ढिलो सुरु हुँदा खेललाई ४३ ओभरमा घटाइएको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register