एक्यानको विशेष साधारणसभामा वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानीत (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभा सम्पन्न भएको छ। वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानको विशेष साधारणसभा सम्पन्न भएको हो। सभामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित रहेका थिए। सभामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार संघको विधानमा आवश्यक संशोधन र विविध विषयमा छलफल […]

May 11, 2025 - 11:37
 0
एक्यानको विशेष साधारणसभामा वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानीत (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभा सम्पन्न भएको छ। वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानको विशेष साधारणसभा सम्पन्न भएको हो।

सभामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित रहेका थिए। सभामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार संघको विधानमा आवश्यक संशोधन र विविध विषयमा छलफल भएको थियो। सोही अवसरमा एक्यानका अध्यक्ष अरुण राउतले संघको आगामी योजनाबारे जानकारी गराउँदै सदस्यहरूको सक्रिय सहभागिता र व्यावसायिक उन्नतिको लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक्यानले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी, नबिल बैंकका कामु सीईओ मनोज कुमार ज्ञवाली, कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, आकाश भैरव सेक्युरिटिजका प्रबन्ध निर्देशक महेश खनाल, सिटिजन्स सेयर ब्रोकर लिमिटेडका सीईओ मनिष अर्याललाई सम्मान गरेको थियो।

यता वित्तीय प्रवर्तक सिए अनुपमा सङ्ग्रौला, अनलाइन सेक्युरिटिज लिमिटेडका सीईओ विशाल अग्रवाल, एनआइएमबि सेक्युरिटिज लिमिटेडका सीईओ सन्दिप कुमार दाहाल, सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सिए प्रदिप सिग्देल, हातेमालो सेक्युरिटिज लिमिटेडका सीईओ गणेश पोख्रेल, मियो सेक्युरिटिज लिमिटेडका सीईओ सुमन मल्ल, एसपीएसए सेक्युरिटीज लिमिटेडकी सीईओ जेलीना कँडेल, सानिमा मिडल तमोर हाइड्रोपावरका जेनेरल मेनेजर सुदीप रोका, ओपल सेक्युरिटिज लिमिटेडका म्यानेजिङ डिरेक्टर ऋषिराम पौडेललाई पनि एक्यानले सभामा सम्मान गरेको थियो। बाँकी तस्वीरमा हेर्नुहोस्:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register