गर्मी बढेपछि आइसक्रिमको व्यापार ह्वात्तै बढ्यो, आधा भन्दा धेरै आइसक्रिम विदेशबाट आयात !

काठमाडौँ । देशभर गर्मी बढेपछि आइसक्रिमको ब्यापार ह्वात्तै बढेको छ । अझ तराई भेगमा गत वर्षभन्दा गर्मी झन् बढेपछि आइसक्रिमको व्यापार ह्वात्तै बढेको हो ।  आइसक्रिमको व्यापार ह्वात्तै बढे पनि नेपालमा खपत हुने आधा भन्दा धेरै आइसक्रिम विदेशबाट आयात हुने गरेको छ । आइसक्रिम उद्योग संघका अनुसार नेपालमा वर्षेनी १२ लाख लिटरदेखि १५ लाख लिटरसम्म […]

May 13, 2025 - 03:50
 0
गर्मी बढेपछि आइसक्रिमको व्यापार ह्वात्तै बढ्यो, आधा भन्दा धेरै आइसक्रिम विदेशबाट आयात !

काठमाडौँ । देशभर गर्मी बढेपछि आइसक्रिमको ब्यापार ह्वात्तै बढेको छ । अझ तराई भेगमा गत वर्षभन्दा गर्मी झन् बढेपछि आइसक्रिमको व्यापार ह्वात्तै बढेको हो । 

आइसक्रिमको व्यापार ह्वात्तै बढे पनि नेपालमा खपत हुने आधा भन्दा धेरै आइसक्रिम विदेशबाट आयात हुने गरेको छ । आइसक्रिम उद्योग संघका अनुसार नेपालमा वर्षेनी १२ लाख लिटरदेखि १५ लाख लिटरसम्म आइसक्रिम आयात गरिँदै आएको छ । 

हाल नेपालमा वर्षमा प्रतिव्यक्ति आइसक्रिम खपत १ सय २० मिलिलिटर छ । संघका अनुसार नेपालमा कुल बजारको ५० देखि ५२ प्रतिशत हिस्सा नेपालमा उत्पादित आइसक्रिमले ओगटेको छ भने बाँकी हिस्सा विदेशी आइसक्रिमले ओगटेको छ । 

हाल नेपालमा आइसक्रिम उत्पादन तथा बिक्री वितरण गर्दै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक ३ सयदेखि ५ सय लिटरसम्म आइसक्रिम उत्पादन गर्दै आएको छ । डीडीसीले हाल भेनिला, बटर स्कच, चकलेट, चकलेट क्रन्च र स्ट्रबेरी फ्लेबरका आइसक्रिम उत्पादन गर्दै आएको छ । तर, डीडीसीको उत्पादन पर्याप्त छैन । बजारको माग धान्नै गाह्रो परेपछि नेपालमा वर्षेनी १५ लाख लिटरसम्म आइक्रिम विदेशबाट आयात गरिँदै आएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register