उर्जामन्त्री खड्कालाई महावीर पुनको सुझाव- ‘कि चित्त बुझ्ने काम गर्नुस् नत्र माफी माग्नुस्’

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उर्जामन्त्रीलाई जनतासँग माफी माग्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै पुनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई जनतासँग माफी माग्न सुझाव दिएका हुन् ।  उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेजस्तो जनताको चित्त बुझ्नेगरि काम गर्न नत्र माफी माग्न भनेका छन् […]

Mar 23, 2025 - 02:31
 0
उर्जामन्त्री खड्कालाई महावीर पुनको सुझाव- ‘कि चित्त बुझ्ने काम गर्नुस् नत्र माफी माग्नुस्’

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उर्जामन्त्रीलाई जनतासँग माफी माग्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै पुनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई जनतासँग माफी माग्न सुझाव दिएका हुन् । 

उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेजस्तो जनताको चित्त बुझ्नेगरि काम गर्न नत्र माफी माग्न भनेका छन् । 

विद्युत प्राधिकरण ध्वस्त भए देशको अर्थतन्त्र पनि ध्वस्त हुने भन्दै पुनले मर्न लागेको अवस्थाबाट बाँचेको विद्युत प्राधिकरणलाई उर्जामन्त्री खड्काले मार्न खोजेको आरोप पुनले लगाएका छन् । यतिसम्म की उनले उर्जामन्त्री खड्कालाई विवेकहीन र लोभीपापीको संघ्या दिँदै भित्रभित्रै थुप्रै भ्रष्टाचार गरेको हुनसक्ने बताएका छन् ।

त्यस्तै, पुनले सक्षम व्यक्तिलाई प्राधिकरणबाट हटाएर उर्जामन्त्रीले दिउँसै रात पार्न खोजेको पनि बताएका छन् । उनले चित्त बुझ्दो काम गर्न नत्र जनतासँग माफी माग्न उर्जामन्त्रीलाई सुझाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register