सामसङको सबैभन्दा पातलो ‘एस २५ एज’ फोन सार्वजनिक

काठमाण्डौ, ३० वैशाख । दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ । आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने [...] The post सामसङको सबैभन्दा पातलो ‘एस २५ एज’ फोन सार्वजनिक appeared first on Jhapa Online.

May 13, 2025 - 10:21
 0
सामसङको सबैभन्दा पातलो ‘एस २५ एज’ फोन सार्वजनिक

काठमाण्डौ, ३० वैशाख । दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ । आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने लक्ष्य राखेको खबरमा उल्लेख छ ।

विशेषगरी २० र ३० वर्ष उमेर समूहका उपभोक्ताहरूको मागलाई सम्बोधन गर्न यो फोन बनाइएको सामसङले जनाएको छ । १ सय ६३ ग्रामको यो फोनले थप पोर्टेबल स्मार्टफोनको मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ ।

एस२५ एजमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । एस२५ एज मे २३ मा दक्षिण कोरियामा र मे ३० मा अमेरिकामा उपलब्ध हुनेछ । यो फोनको शुरुआती मूल्य १ हजार ९९ अमेरिकी डलर छ ।

सामसङको प्रतिद्वन्द्वी एप्पलले पनि चाँडै आईफोन १७ एअर ल्याउँदैछ । यो फोन अझ पातलो र हलुका हुने अनुमान छ ।

The post सामसङको सबैभन्दा पातलो ‘एस २५ एज’ फोन सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register