१० हजार फिट माथिबाट जमिनमा बजारिएर महिलाको मृत्यु

झापा, १४ जेठ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो । उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको [...] The post १० हजार फिट माथिबाट जमिनमा बजारिएर महिलाको मृत्यु appeared first on Jhapa Online.

May 28, 2025 - 09:44
 0
१० हजार फिट माथिबाट जमिनमा बजारिएर महिलाको मृत्यु

झापा, १४ जेठ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो ।

उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ ।

जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड भने स्काइ डाइभिङमा गएको बताइएको छ ।

जेडले आफूसँग भएको प्यारासुट जानाजान नखोलेको हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार प्यारासुट लगायत उनका उपकरणमा कुनै खराबी नरहेको पाइएको छ ।

जेडले लेखेको एक नोटसमेत फेला परेको अधिकारीहरूले जनाएका छन् । उक्त नोटमा उनले ब्रेकअपको चर्चा गरेको जनाइएको छ ।

The post १० हजार फिट माथिबाट जमिनमा बजारिएर महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register