काङ्ग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको काङ्ग्रेस राज्य प्रशासन विभागमा शुक्रबार १० सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनीत सदस्यमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन […]

May 16, 2025 - 09:55
 0
काङ्ग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको काङ्ग्रेस राज्य प्रशासन विभागमा शुक्रबार १० सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत सदस्यमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी) र थम्मनबहादुर खत्री (गुल्मी) रहेका छन् ।

यस्तै, रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा) पनि मनोनीत हुनेमा परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register