सोमबारदेखि यातायात ठप्प पार्ने व्यवसायीको घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले सोमबारदेखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले सोमबारदेखि सवारीसाधन घर–ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने […]

Jun 1, 2025 - 17:04
 0
सोमबारदेखि यातायात ठप्प पार्ने व्यवसायीको घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले सोमबारदेखि यातायात सेवा ठप्प पार्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले सोमबारदेखि सवारीसाधन घर–ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

आइतबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका व्यवसायीहरूले थप कार्यक्रम अघि सारेका हुन् ।

आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत

यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।

उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले नसुनेपछि बाध्य भएर यातायात ठम्प पार्नुपर्ने अवस्था आएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register