शेखरको प्रश्न – सरकारले गरेको गलत कामलाई किन गलत भन्न सकिरहेका छैनौँ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै उनले गलतलाई गलत भन्न नसके बीपी कोइरालाको अनुयायी हुन नसक्ने बताए । उनले कांग्रेस नेताहरुप्रति संकेत गर्दै प्रश्न गरे, “सरकारले गरेको गलत कामलाई किन गलत भन्न सकिरहेका छैनौँ ? असललाई असल, खराबलाई खराब भनौँ […]

May 30, 2025 - 11:26
 0
शेखरको प्रश्न – सरकारले गरेको गलत कामलाई किन गलत भन्न सकिरहेका छैनौँ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै उनले गलतलाई गलत भन्न नसके बीपी कोइरालाको अनुयायी हुन नसक्ने बताए ।

उनले कांग्रेस नेताहरुप्रति संकेत गर्दै प्रश्न गरे, “सरकारले गरेको गलत कामलाई किन गलत भन्न सकिरहेका छैनौँ ? असललाई असल, खराबलाई खराब भनौँ । गलतलाई गलत भन्न नसके बीपीको अनुयायाी हुन सक्दैनौँ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनासमेत गरे । “जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भन्नुभयो । त्यसबारे मानवअधिकार आयोगले विरोध जनाए । त्यसको रिसमा प्रधानमन्त्री मानवअधिकार आयोगको वार्षिकोत्सवमा जानुभएन । यो कस्तो लोकतन्त्र हो ?,” उनले प्रश्न गरे ।

यो कुराको विरोध गर्दा पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफ्नो बारेमा छलफल भएकोसमेत कोइरालाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register