पाठ्यक्रम कार्यन्वयन गर्न कार्यशाला गोष्ठी सम्पन्न

बाजुरा । सरकारको नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न माद्यामिक तहका शिक्षकहरु वीच एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विशेषगरी अंग्रेजी, गणीत,विज्ञाना र नेपाली विषका शिक्षकलाई बोलाएर नयाँ पाठ्यक्रम सम्वन्धि एक दिने प्रवद्धीकरण कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । सनिवार दिउसो भानुदय नमुना माद्यिमिक वद्यालयमा सञ्चालन भएको उक्त कार्यशालामा जिल्लाका पाँचपालिकाका अंग्रेजी, गाणित, विज्ञान र […]

May 20, 2025 - 08:02
 0
पाठ्यक्रम कार्यन्वयन गर्न कार्यशाला गोष्ठी सम्पन्न

बाजुरा ।

सरकारको नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न माद्यामिक तहका शिक्षकहरु वीच एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विशेषगरी अंग्रेजी, गणीत,विज्ञाना र नेपाली विषका शिक्षकलाई बोलाएर नयाँ पाठ्यक्रम सम्वन्धि एक दिने प्रवद्धीकरण कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । सनिवार दिउसो भानुदय नमुना माद्यिमिक वद्यालयमा सञ्चालन भएको उक्त कार्यशालामा जिल्लाका पाँचपालिकाका अंग्रेजी, गाणित, विज्ञान र नेपाली विषयका शिक्षकहरुको उपस्थिती थियो ।

विद्यालय बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो । यसमा वास्तविक जीवन र सिकेका अनुभवबीच सामञ्जस्य ल्याउन विषयवस्तुलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, दार्शनिक पक्ष, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया प्रभावकारी वनाउन पाठ्यक्रम सम्बन्धि अभिमुखीकरण गर्न आवस्यक छ शिक्षा विकास तथा समन्वय ईकाई बाजुराका प्रमुख टिकाराम जोशीले धारणा राखे ।

बाजुरामा यसवर्ष समयमै पाठ्यपुस्तक पुगिसकेका छन् । विद्यार्थिहरु पनि शिक्षाक आन्दोलनका कारण पठनपाठनमा केही ढिलाई भएको छ। सरहरुले नयाँ पाठ्यक्रमको आधारमा कक्षा शिक्षण गर्न सहज गराउने उद्येश्यले गोष्ठिको आयोजना गरेको भानोदय नमुना माविका प्रधानाध्यापक एबं कार्यशालाका सहजर्का धनवहादुर नाथले बताए ।

यद्येपी घट्दो जनसंख्या र परिवार स्थानान्तरणले सामुदायिक विद्यालयमा विद्यार्थसंख्या घट्दो दरमा रहेकोले चिन्ता ब्यक्त गर्नुभयो। सरकारको लगानीअनुसार ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थि संख्या न्युन रहेको नाथ सरको भनाई थियो । हुनेखाने मध्यमवर्गका विद्यार्थी बोर्डिङ्ग पढ्छन् यहाँ त अधिक्क्रम विपन्न परिवारका वालवालिका हुन्।

शिक्षाको गुण्स्तर सुधार्न शिक्षक कर्मचारी र जनप्रीतनीधिका बालवालिका अनिवाय सामुदायिक विद्यालयमा हुनुपर्छ उनले सुुझाए । विद्यार्थीको ज्ञान, सीप र अनुभवसँग पाठ्यक्रमलाई सम्बन्धित देखाउनु व्यापक अर्थ छ । तसर्थ पाठ्यक्रमलाई शैक्षिक गतिविधिको मेरुदण्डको रुपमा लिन सकिन्छ गोष्ठिका सहभागी शिक्षकहरुको भनाई थियो । तसर्थ नयाँ पाठ्क्रम कार्यान्वयनमन लागि माध्यामिक तह शिक्षकहरूका लागि प्रोधिकरण गर्न आवस्यक हो, यसले सिकाई उपलब्धीमा राम्रो भुमिका रहन्छ मालिका माविका नेपाली विषयका शिक्षक एबं सहभागी धिरवहादुर दानीको भनाई छ ।

आमसञ्चारको पुरानो माध्यम पुस्तक हो, पुस्तकमा लेखिएका कुरा प्रभावकारीरुपमा विद्यार्थी माझ पु¥याउन हाम्रो कर्तब्य हो , शिक्षा यनकि ज्ञान ट्रन्सफर गराउने माध्यम भनेको शिक्षक हो । शिक्षण सिकाइमा पाठ्यक्रमको जानकारी र प्रविधीको प्रयोग पनि उत्तिकै आवस्यक छ, मालिका मा.वि. मार्तडीका विज्ञान विषय शिक्षक एबं गोष्ठीका सहभागी बेदप्रकाश जोशीको भनाई छ ।

विगतमा पाठ्यक्रम को अवस्था के थियो ? र हालको पाठ्यक्रमको आधारमा कक्षा शिक्षण गर्न सहिजकरण गर्ने उद्येश्यले जिल्लाका नौ वटै पालिकाका माध्यामिक तहका शिक्षकलाई प्रवोधिकरण गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रास लालवहादुर विष्टको भनाई छ ।

भानुदय नमुना मावि नौविसका प्रधानाध्यापक धनवहादुर नाथ , विष्नु प्रसाद ओझा ,मंगल वहादुर धामी लगायतका प्रशिक्षकले सहजिकरण गरेका थिए । उक्त कायृशालामा बाजुराका पश्चिम क्षेत्रका पाँच पालिकाका विद्यालयका ३४ बढि शिक्षकको उस्थिती रहेको थियो । विगतमा आठ विषयको पाठ्यक्रम थियो भने अहिले सात विषयमा झारेको छ ।

पाठ्यक्रममा निर्धारित उद्देश्यले बालकको ज्ञान, सीप र धारणा, तिनले गर्ने परिवर्तन, तिनको सान्दर्भिकता र उपयुक्तता तथा शैक्षिक क्रियाकलापको उपलब्धिका बारेमा सङ्केत गरेको हुन्छ । उद्देश्यका आधारमा शैक्षणिक क्रियाकलाप हुने भएकाले यसलाई शैक्षिक क्रियाकलाप वा कार्यक्रमको प्रारम्भिक विन्दु मानिन्छ । पाठ्यक्रमको निर्माण गर्दा समाजको आवश्यकता, विद्यार्थीको मानसिक स्तर, अभिरुचि, क्षमता, आवश्यक उत्पादित जनशक्ति र समाजले राखेको अपेक्षाको बारेमा ध्यान पु¥याउनुपर्नेमा शिक्षाप्र्रेमीले जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register