चिनियाँ ठेकेदार कम्पनीको दाबी : पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन गलत

काठमाडौं । पोखरा विमानस्थलमा भएको अनियमितताबारेको प्रतिवेदनलाई विमानस्थल निर्माता कम्पनीले गलत दाबी गरेको छ । विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको “पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको हो । चिनियाँ ठेकेदार कम्पनीले प्रतिवेदनकै अनुसन्धान गर्न आह्वान गरेको छ […]

May 20, 2025 - 08:03
 0
चिनियाँ ठेकेदार कम्पनीको दाबी : पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन गलत

काठमाडौं । पोखरा विमानस्थलमा भएको अनियमितताबारेको प्रतिवेदनलाई विमानस्थल निर्माता कम्पनीले गलत दाबी गरेको छ ।

विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको “पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको हो ।

चिनियाँ ठेकेदार कम्पनीले प्रतिवेदनकै अनुसन्धान गर्न आह्वान गरेको छ । एक सूचना जारी गर्दै उसले भनेको छ, ‘CMACE ले सम्बन्धित नेपाली सरकारी निकायहरुलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न विनम्र अनुरोध गर्दछ ।’

विमानस्थल निर्माणका क्रममा आफूले सम्पूर्ण नियम कानुन पालना गरेको पनि ठेकेदार कम्पनीले दाबी गरेको छ । आफूले उच्च मापदण्ड र गुणस्तर सहित पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको ठेकेदार कम्पनीको दाबी छ ।

विमानस्थल निर्माणका क्रममा नेपालीहरुलाई रोजगारी दिएको बताउँदै ठेकेदार कम्पनीले भनेको छ, ‘परियोजना निर्माणको क्रममा आपनो वातावरणीय, सामाजिक, र सुशासन जिम्मेवारीहरुलाई पनि सक्रिय रुपमा पालन गन्यो। हामीले निर्माण सामग्रीको स्थानीय खरिदलाई प्राथमिकता दियौँ, स्थानीय इन्जिनियर र श्रमिकहरुलाई रोजगारी दिएर प्रशिक्षण गन्यौँ, जसले १,००० मन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्यो ।’

स्थानीय सरकारलाई सडक, सिँचाईसहित शैक्षिक अनुदान, निःशुल्क स्वास्थ्य शिविर, र खेलकुद कार्यक्रम प्रायोजन गरेको पनि उसले दाबी गरेको छ ।

संसदको लेखा समीतिले राजेन्द्र लिङ्देनको नेतृत्वमा पोखरा विमानस्थलको अध्ययन गर्न उपसमिति बनाएको थियो । यो समितिले तयार गरेको प्रतिवेदनमा विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता भएको ठहर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register