अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग
काठमाडौं । बलिउड फिल्म ‘हेरा फेरी ३’ केही समयदेखि चर्चामा छ । परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच अभिनेता अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा उनले फिल्मको छायाङ्कन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारु माग गरेका […]

काठमाडौं । बलिउड फिल्म ‘हेरा फेरी ३’ केही समयदेखि चर्चामा छ ।
परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच अभिनेता अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा उनले फिल्मको छायाङ्कन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारु माग गरेका छन् ।
अक्षय कुमार उक्त फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन् । उनले फिरोज नाडियाडवालाबाट फिल्म ‘हेरा फेरी ३’ को अधिकार कानुनी रूपमा खरिद गरेका थिए ।
एचटीको रिपोर्टअनुसार मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन् । यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो । अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन ।’
स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदैछ ।
बलिउड हंगामाको रिपोर्टअनुसार रावल आफैंले फिल्म हेरा फेरी ३ छोडेको पुष्टि गरेका छन् ।
मिडिया रिपोर्टअनुसार फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ । यद्यपि, पछि एक्समा पोस्ट साझा गर्दै अभिनेताले भनेका थिए, ‘म यो स्पष्ट पार्न चाहन्छु कि ‘हेरा फेरी ३’ बाट पछि हट्ने मेरो निर्णय कुनै रचनात्मक भिन्नताका कारणले भएको थिएन । म दोहोर्याउन चाहन्छु कि फिल्मका निर्देशकसँग मेरो कुनै रचनात्मक असहमति छैन । प्रियदर्शन जीप्रति मेरो गहिरो सम्मान, स्नेह र विश्वास छ ।’
अक्षय कुमारले पनि सन् २०२२ मा फिल्मबाट पछि हटेका थिए, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए । त्यस्तै, रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ ।
What's Your Reaction?






