पेरिसडाँडामा तारबारसहितको सुरक्षा, मतगणना सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनास्थललाई तारबारसहित सुरक्षित बनाइएको छ । मसीका कारण विवाद उत्पन्न भएपछि रोकिएको मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरपछि सुरु हुन लागेको एक विद्यार्थी नेताले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव अनुसार  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको मतपेटिकामा अब ५ सय २२ मत गन्न बाँकी छ । उक्त […]

Jan 28, 2025 - 16:24
 0
पेरिसडाँडामा तारबारसहितको सुरक्षा, मतगणना सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनास्थललाई तारबारसहित सुरक्षित बनाइएको छ ।

मसीका कारण विवाद उत्पन्न भएपछि रोकिएको मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरपछि सुरु हुन लागेको एक विद्यार्थी नेताले जानकारी दिए ।

निर्वाचन आयोगको प्रस्ताव अनुसार  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको मतपेटिकामा अब ५ सय २२ मत गन्न बाँकी छ । उक्त बाँकी मत रातभरिमा गणना गरिसक्नेगरी चार ठाउँबाट मतगणना गरिने तयारी रहेको बताइएको छ ।

प्रचण्ड निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरूको सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडानमा निर्वाचन समिति, अध्यक्षका उम्मेदवार र इन्चार्जसहितको छलफलपछि मंगलबार साँझ सहमति जुटेको हो ।

अध्यक्षमा प्रचण्ड निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् ।

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते मतदान भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register