विश्व पौडेलविरुद्धको रिट दरपिठको आदेश सदर

काठमाडौं । राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती रविशाल थापा पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । सुरुमा सो रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । सो दरपिठविरुद्धको निवेदनमा पनि सर्वोच्च अदालतले दरपिठलाई सदर गरेको छ । […]

May 20, 2025 - 12:30
 0
विश्व पौडेलविरुद्धको रिट दरपिठको आदेश सदर

काठमाडौं । राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती रविशाल थापा पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । सुरुमा सो रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । सो दरपिठविरुद्धको निवेदनमा पनि सर्वोच्च अदालतले दरपिठलाई सदर गरेको छ ।

आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपिठतविरुद्धको निवेदनमा सुनुवाइ गर्दै अन्तिम आदेश गरेको हो ।

अब सो रिट दर्ता नहुने भएसँगै पौडेललाई गभर्नर नियुक्त गर्न हाललाई कुनै कानुनी झमेला नहुने देखिएको हो । आज मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको थियो । उनको नाममा सहमति जुटेसँगै गभर्नर सिफारिस समितिको बैठकसमेत बोलाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register