मन्त्रीकै घरमा चोरी !

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका-४ बलियामा रहेको उनको निजी निवासमा चोरी भएको हो । चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ । घरमा चोरी भएको बारे मन्त्रीको दिदी नाता पर्नेले प्रहरीमा जानकारी […]

May 22, 2025 - 08:29
 0
मन्त्रीकै घरमा चोरी !

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका-४ बलियामा रहेको उनको निजी निवासमा चोरी भएको हो ।

चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ ।

घरमा चोरी भएको बारे मन्त्रीको दिदी नाता पर्नेले प्रहरीमा जानकारी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो ।

उक्त घरको दोश्रो तालाको ग्रिल फोडेर चोरी गरेको प्रहरीले जनाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register