आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो । अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेका थिए । जसका कारण तेल […]

May 22, 2025 - 08:32
 0
आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो ।

अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेका थिए । जसका कारण तेल आपूर्ति र क्षेत्रीय द्वन्द्व बढ्ने विषयले तनाव सिर्जना गराएको छ । बुधबार अन्तर्राष्ट्रिय तेलको मूल्य नाटकीय रूपमा बढेको छ ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाइमा डेलिभरीका लागि हल्का कच्चा तेलको फ्युचर्सको मूल्य ९६ सेन्टले बढेको छ । जुन १.६ प्रतिशतले बढेको हो । जबकि जुलाई डेलिभरीको लागि ब्रेन्ट कच्चा तेलको फ्युचर्स ९७ सेन्टले बढेको छ जुन १.५ प्रतिशतले बढेको हो ।

इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो । इजरायलको आक्रमणले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register