गाँजासहित दुई महिला पक्राउ

धनकुटा, ९ जेठ । उदयपुर र धनकुटाबाट लागुऔषध गाँजासहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार स्थितमा प्र १–०२–००१ ज ४४८० नम्बरको यात्रु वाहक गाडीमा सवार रहेकी धनकुटाको सहिदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राईलाई ५१ किलोग्राम गाँजासहित पक्राउ [...] The post गाँजासहित दुई महिला पक्राउ appeared first on Jhapa Online.

May 23, 2025 - 13:19
 0
गाँजासहित दुई महिला पक्राउ

धनकुटा, ९ जेठ । उदयपुर र धनकुटाबाट लागुऔषध गाँजासहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ८ गते इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार स्थितमा प्र १–०२–००१ ज ४४८० नम्बरको यात्रु वाहक गाडीमा सवार रहेकी धनकुटाको सहिदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राईलाई ५१ किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुरको त्रियुगा–९ की ४१ वर्षीया शिव माया लुङगेली मगरलाई ८ सय १० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

The post गाँजासहित दुई महिला पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register