भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले भन्यो – नेतृत्वको कुनै संलग्नता छैन

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका घटनामा कुनै संलग्नता नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता घटनामा कुनै पनि तहको संलग्नता नरहेको दाबी गरेको छ । “कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट पार्दछौं,” मन्त्रालयले […]

May 24, 2025 - 13:35
 0
भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले भन्यो – नेतृत्वको कुनै संलग्नता छैन

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका घटनामा कुनै संलग्नता नरहेको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता घटनामा कुनै पनि तहको संलग्नता नरहेको दाबी गरेको छ ।

“कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट पार्दछौं,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले अध्यागमन कार्य सञ्चालनमा देखिएको समस्याको अनुसन्धान भइरहेको जनाउँदै सत्य विवरण सार्वजनिक हुनेसमेत बताएको छ ।अध्यागमन कार्यालयको कार्यविधि तथा व्यवस्थामा सुधारका लागि गृह प्रशासन सतर्क रूपमा सक्रिय रहेको छ र विभिन्न नीति तथा संस्थागत सुधार कार्यहरु अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

 

सादगीबाट दागी बनेका रमेश लेखक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register