सरकारसँगको वार्ता सकारात्मक : वरिष्ठ उपाध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारसँगको वार्ता सकारात्मक ढंगले अगाडि बढेको बताएका छन् । सोमबारको वार्ता निष्कर्षविहीन टुंगिए पनि सो सकारात्क रहेको उनले बताए । सरकार र यातायातबीच मंगलबार पुनः वार्ता हुने सिटौलाले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली […]

Jun 2, 2025 - 16:57
 0
सरकारसँगको वार्ता सकारात्मक : वरिष्ठ उपाध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारसँगको वार्ता सकारात्मक ढंगले अगाडि बढेको बताएका छन् ।

सोमबारको वार्ता निष्कर्षविहीन टुंगिए पनि सो सकारात्क रहेको उनले बताए । सरकार र यातायातबीच मंगलबार पुनः वार्ता हुने सिटौलाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र व्यवसायीबीचको १४ घण्टाको वार्तामा सहमति जुट्न नसकेको हो ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सञ्चालनसम्बन्धी नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् ।

उनीहरूले सोमबारदेखि देशैभर सार्वजनिक यातायात बन्द गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register