एनआरएनए दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङको उम्मेदवारी घोषणा

एडिलेड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङले उम्मेदवारी घोषणा गरेका छन् । गुरूङ हाल एनआरएनए अस्ट्रेलियाको सचिव रहेका छन् । एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई २६ मा निर्वाचन हुँदै छ । १८ वर्षदेखि अस्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन् ।  पारदर्शिता, […]

May 25, 2025 - 07:17
 0
एनआरएनए दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङको उम्मेदवारी घोषणा

एडिलेड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दक्षिण अस्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङले उम्मेदवारी घोषणा गरेका छन् ।

गुरूङ हाल एनआरएनए अस्ट्रेलियाको सचिव रहेका छन् । एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई २६ मा निर्वाचन हुँदै छ । १८ वर्षदेखि अस्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन् ।  पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ काम गर्न आफुले उम्मेदवारी दिएको गुरूङले बताए ।

उनले नयाँ पुस्तालाई एनआरएनए मा सहभागी गराउने अवसरहरू सिर्जना गर्ने, दक्षिण अस्ट्रेलियामा रहेका नेपालीहरूको हकअधिकार, सहयोग र एकताका लागि निस्वार्थ काम गर्ने, आपतकालीन सहायता, विद्यार्थीलाई सहयोग र सामाजिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले नेपाली सामुदायिक हल बनाउने प्रक्रियाका लागि बृहत छलफल र आर्थिक संकलन गर्ने बताएका छन् । यस्तै दोस्रो पुस्ताका नानी बाबुहरूको कला तथा प्रतिभा देखाउने कार्यक्रम गर्ने, प्रत्येक ३ देखि ६ महिनामा नेपाली समुदायबीच भैपरी आएका समस्या र समाधानका लागि छलफल र पारदर्शी समाधान का लागि प्रयास गर्ने बताएका छन् ।

‘एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन ,यो हामी सबैको साझा घर हो। अबको नेतृत्व सहकार्य र विश्वास सहितको होस् । म तपाईंहरूको अमूल्य मत र साथको अपेक्षामा छु’, गुरूङले भने, ‘सँगै मिलेर सामाजिक काम गरौं — अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register