ओली-प्रचण्ड फोन संवाद : गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रचण्डको जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । संसदको अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत आग्रह गर्दा प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे प्रधानमन्त्री समेत सदनमा जवाफ दिनुपर्ने जवाफ दिएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । ‘प्रधानमन्त्रीले संसदको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो […]

May 28, 2025 - 08:07
 0
ओली-प्रचण्ड फोन संवाद : गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रचण्डको जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् ।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत आग्रह गर्दा प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे प्रधानमन्त्री समेत सदनमा जवाफ दिनुपर्ने जवाफ दिएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले संसदको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । अध्यक्षले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले पनि यस प्रकरणमा संसदमा जवाफ दिनुपर्ने जानकारी गराउनुभयो,’ उनले भने ।

विपक्षी दलहरूको बैठक संसद भवनमा चलिरहेको समयमा अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीले फोन गरेको उनले बताए ।

भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मत प्रचण्डले राखेका छन् । गृहमन्त्रीको राजीनामामा दबाब बढ्दै जाँदा सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा एमालेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको निष्कर्ष निकालेका छन् ।

बुधबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गृहमन्त्री लेखक सहित छलफल भएको थियो । उक्त छलफलमा गृहमन्त्रीले राजीनामा नदिने सदनमा जवाफ दिने निर्णय भएको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register