इजरायलले गाजामा अत्याचार गरिरहेको जर्मनीको आरोप, कडा कदम चाल्ने चेतावनी

काठमाडौं । गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले इजरायलविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । विदेशमन्त्री वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको बताए । जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न पनि उनले चेतावनी दिए । विदेशमन्त्री […]

May 28, 2025 - 08:04
 0
इजरायलले गाजामा अत्याचार गरिरहेको जर्मनीको आरोप, कडा कदम चाल्ने चेतावनी

काठमाडौं । गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले इजरायलविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

विदेशमन्त्री वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको बताए । जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न पनि उनले चेतावनी दिए ।

विदेशमन्त्री वाडेफुलले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए । हमासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकालसम्म जर्मनीले अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो ।

तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।

गाजाको सन्दर्भमा यो भनाइ विदेशमन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भत्र्सना भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register