क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ । शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी  हेलिकप्टरबाट छिमेकी भारत भागेका थिए । हसिनासँगको उनको […]

Mar 24, 2025 - 14:38
 0
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।

शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी  हेलिकप्टरबाट छिमेकी भारत भागेका थिए ।

हसिनासँगको उनको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनायो र विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका लागि हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये एक उनी पनि थिए ।

ती आरोपहरूमा उनीमाथि आरोप लगाइएको छैन तर हाल उनीमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।

अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार जफत गर्ने आदेश दिए ।

हसिनाको सरकार पतन हुँदा शकिब क्यानडामा घरेलु टी–२० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्कीएका छैनन् ।

बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी–२० खेलेका छन् र कुल सात सय १२ विकेट लिएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register