एक हप्तासम्म नारायणहिटी क्षेत्रमा आन्दोलन गर्न नपाइने
काठमाडौं राजावादीहरूले काठमाडौंस्थित नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला स्थानीय प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै केशर महल चोकदेखि नारायाणहिटीसम्म र महेन्द्र शालिकादेखि नारायणहिटीसम्मलाई निषेधित क्षेत्र तोकेका छन् । प्रमुख जिल्ला अधिकारीले एक शनिबारदेखि जेठ २४ गतेसम्म लागू हुने […]

काठमाडौं राजावादीहरूले काठमाडौंस्थित नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला स्थानीय प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै केशर महल चोकदेखि नारायाणहिटीसम्म र महेन्द्र शालिकादेखि नारायणहिटीसम्मलाई निषेधित क्षेत्र तोकेका छन् ।
प्रमुख जिल्ला अधिकारीले एक शनिबारदेखि जेठ २४ गतेसम्म लागू हुने गरी निषेधित क्षेत्र तोकेसँगै ती क्षेत्रमा अब आन्दोलन, धर्ना, जुलुस गर्न नपाइने भएको हो । उता राजावादी आन्दोलनकारीहरूले भने ती क्षेत्रहरूमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
What's Your Reaction?






