माओवादी केन्द्रले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा […]

May 26, 2025 - 07:08
 0
माओवादी केन्द्रले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ । ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस्,’ सापकोटाले भने ।

यस प्रकरणको विषयमा गृहमन्त्रीले संसद्‌मा जवाफ दिने जानकारी महतले गराए । गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ ।

गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register