इलामको फिक्कलमा वृहत साकेला प्रदर्शनी

इलाम, १८ जेठ । इलामको सूर्योदय नगरपालिकामा बृहत् साकेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । ‘भाषा लिपि धर्म संस्कृति हाम्रो पहिचान, सम्पुर्ण किराँत राईहरुको एकता हाम्रो अभियान’ भन्ने नाराका साथ किरात राई यायोख्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा भएको कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किराती समुदायका विभिन्न संस्था तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो [...] The post इलामको फिक्कलमा वृहत साकेला प्रदर्शनी appeared first on Jhapa Online.

Jun 1, 2025 - 03:02
 0
इलामको फिक्कलमा वृहत साकेला प्रदर्शनी

इलाम, १८ जेठ । इलामको सूर्योदय नगरपालिकामा बृहत् साकेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

‘भाषा लिपि धर्म संस्कृति हाम्रो पहिचान, सम्पुर्ण किराँत राईहरुको एकता हाम्रो अभियान’ भन्ने नाराका साथ किरात राई यायोख्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा भएको कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किराती समुदायका विभिन्न संस्था तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

यलेदोङ सम्बत ५०८५को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा हजारौँको सङ्ख्यामा उपस्थित भएका किराती समुदायले विभिन्न शिल्पीहरू प्रस्तुत गरेका थिए ।

आयोजकका अध्यक्ष गौरव चाम्लिङ राईको अध्यक्षता सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बराल ,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजन मुकारुङ विभिन्न वडाका वडा अध्यक्षहरू विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

किराती समुदायको भाषा लिपि संस्कार संस्कृतिको संरक्षण गर्ने युवामाझ आफ्नो भाषा संस्कार प्रति आर्कषण बढाउने किराती समुदाय बिच एकताको भावना जगाउने लगायत उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम सञ्चालन समेत गर्नुभएका आयोजक समितिका सदस्य जय राईले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रण बहादुर राईले किराती समुदायको संस्कार संस्कृति सबैको साझा सम्पत्ति भएकोले यसको संरक्षण गर्न सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

आयोजक समितिका अध्यक्ष गौरव चाम्लिङ राईले किराती समुदाय बिचको एकता र भाषा लिपि संस्कार र संस्कृतिको संरक्षणको अभियानमा सबैलाई डोर्‍याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

The post इलामको फिक्कलमा वृहत साकेला प्रदर्शनी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register