जामुनखाडीमा पर्यटकको आकर्षण बढ्दै, एकैदिन पाँच हजार बढी पर्यटक

सन्तोष शर्माझापा, ८ बैशाख । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रमा एकै दिन पाँच हजार पर्यटकले अवलोकन गरेका छन् । २०६५ सालमा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा बैशाख १ गते नयाँ वर्षको अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको [...] The post जामुनखाडीमा पर्यटकको आकर्षण बढ्दै, एकैदिन पाँच हजार बढी पर्यटक appeared first on Jhapa Online.

Apr 21, 2025 - 07:10
 0
जामुनखाडीमा पर्यटकको आकर्षण बढ्दै, एकैदिन पाँच हजार बढी पर्यटक

सन्तोष शर्मा
झापा, ८ बैशाख ।
झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रमा एकै दिन पाँच हजार पर्यटकले अवलोकन गरेका छन् ।

२०६५ सालमा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा बैशाख १ गते नयाँ वर्षको अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरीले जानकारी दिनुभयो ।

स्थापना भएको सात÷आठ वर्ष चर्चित एवम् आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि हाल पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो ।

जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु थपिँदै गएपछि पर्यटकको आगमनमा बृद्धि भएको उहाँ बताउनुहुन्छ । हालै बाल उद्यान निर्माणसँगै विभिन्न आकर्षक प्रतिमा राखिएको उहाँले बताउनुभयो ।

स्थापनाकालदेखि नै असुरक्षित जंगली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको जामुनखाडी सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र छ ।

जंगली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमति नदिएको समयमा समेत असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै अध्यक्ष गिरीले २०७२ सालमा सामुदायिक वनले बनाएको कार्यविधिलाई डिभिजन वन कार्यालयले पास गरेको बताउनुभयो । सोही कार्यविधिअनुसार पूर्वाधार निर्माण, जंगली जनावरको बास स्थान निर्माण कार्य भएको÷ भइरहेको उहाँले बताउनुभयो ।

सिमसार क्षेत्रमा हाल ११ बिघामा व्यवस्थित मृगस्थली छ भने अन्य जंगली जनावरका लागि सुरक्षित आवासीय स्थल छ । चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिंगर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, हाँस, विभिन्न प्रजातिको चरा छन् । ती वन्यजन्तुलाई उचित आहारविहारको व्यवस्था वन समूहले गरेको छ ।

वन समूहका सचिव दीपक ओलीले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उपलब्ध गराएको रू एक करोड ५० लाख वन्यन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको बताउनुभयो । टुरिजम वोर्डले समेत आवश्यक सरसहयोग गरिरहेको उहाँ बताउनुहुन्छ ।

प्राकृतिक सुन्दरले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई÷तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने स्मरण गर्नुहुँदै सचिव ओली भन्नुहुन्छ, “आर्थिक अभावले समय अनुसार हामीले पर्यटकीय स्थलको विकास गर्न सकेका छैनौं, हामीले गरिरहेको मेहेनतमा सरकारले सहयोग गर्ने हो भने जामुनखाडीलाई पूर्वकै नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्न कुनै समस्या छैन ।”

वन समूहकी उपाध्यक्ष रेनुका खवासले पर्यटकीय स्थललाई थप व्यवस्थित बनाउन वन समूहका सबै पदाधिकारी दिनरात खटिरहेको बताउनुभयो । “भर्खरै चिल्ड्रेन पार्क बनाएका छौं”, उहाँले भन्नुभयो, “यसले पनि पर्यटक आकर्षित भइरहेका छन् ।’ एउटा–एउटा गरेर आकर्षण थपिँदै गएको उहाँ बताउनुहुन्छ ।

वन समूहकी कोषाध्यक्ष चेतकुमारी सापकोटा (रचना) ले यहाँ संरक्षित जनावरहरुलाई दैनिक खानपान गराउनुपर्ने भएकाले आर्थिक अभाव खड्किने गरेको बताउनुभयो । पर्यटकको आगमन कम हुँदा खर्च टार्न धौधौ पर्ने उहाँको भनाइ छ । “१५ जनाभन्दा बढी कर्मचारी छन्, उनीहरुलाई तलब दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्मको व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि आर्थिक अभाव हुन्छ ।”

पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडी यातायातको सुलभ पहुँच छ । आगन्तुक पर्यटकलाई प्रवेश शुल्क रू एक सय तोकिएको छ भने डुंगा सयर, बाल उद्यानमा रेल, गाडी लगायतका खेलका लागि छुट्टै शुल्क लाग्ने गर्दछ ।

The post जामुनखाडीमा पर्यटकको आकर्षण बढ्दै, एकैदिन पाँच हजार बढी पर्यटक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register