जुमकाजी गुरुङको नेतृत्वमा ऐतिहासिक बन्यो गोर्खाकप (भिडियो)

लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप गत २५ मे आइतबार भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा भएको २३ औं गोर्खाकप ऐतिहासिक बनेको छ । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा भएको यसपटकको गोर्खा कप धेरै आयामबाट ऐतिहासिक बनेको विश्लेषण गरिएको छ […]

Jun 1, 2025 - 10:06
 0
जुमकाजी गुरुङको नेतृत्वमा ऐतिहासिक बन्यो गोर्खाकप (भिडियो)

लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप गत २५ मे आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।

तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा भएको २३ औं गोर्खाकप ऐतिहासिक बनेको छ ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा भएको यसपटकको गोर्खा कप धेरै आयामबाट ऐतिहासिक बनेको विश्लेषण गरिएको छ । पहिलो, गोर्खा कपमा यसपटक बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथी थिए । यसअघि हरेक वर्ष स्थानीय रसमोर बरो काउन्सिलका मेयर प्रमुख अतिथी हुने परम्परा तोड्दै अध्यक्ष जुमकाजी गुरुङले राजदूतलाई प्रमुख अतिथीका रुपमा निम्त्याए ।

त्यसो त केही महिनाअघि नेपाल भ्रमणमा गएको अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको तमुधिं यूके टीमले पहिलोपटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली मेलाको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा समेत दिएको थियो।

गोर्खा कप ऐतिहासिक र अविष्मरणीय बनाउने दोश्रो पक्ष थियो नेपालकी राष्ट्रिय महिला फुटबल खेलाडी र हाल युरोपेली क्लवमा खेलिरहेकी सावित्रा भण्डारी साम्बाको विशेष उपस्थिति । साम्बाको उपस्थितिले गोर्खा कपमा उल्लेख्य सहभागिता मात्र रहेन, बेलायतमा रहेका नेपाली खेलाडी र खेलप्रेमीहरुलाई हौसला पनि प्रदान गरयो । त्यसैगरि, फुटबलमै विश्व कीर्तिमान बनाएका गिनिज बुक रेकर्ड होल्डर साजन डंगोलको उपस्थितिले पनि गोर्खा कप झन् विशेष बन्यो ।

सहभागिताका हिसावले पनि यस पटकको गोर्खा कप ऐतिहासिक बन्न सफल भयो । आयोजक तमुधिं यूकेका अनुसार, २० हजार टिकट छापिएकामा ति सबै विक्री भएपछि दर्शकहरु मैदानमा निशुल्क छिरेका थिए । यस अर्थमा पनि विगत वर्ष भन्दा गोर्खा कपको यो संस्करण व्यापक सहभागितामा सम्पन्न भयो ।

गोर्खा कपमा दशौं हजार दर्शक उपस्थिति र तिनले ल्याएका हजारौं गाडीले आवतजावतमा ट्राफिक व्यवस्थापन सधैं चुनौति बन्ने गर्छ । तर, यसपटक न प्रवेशमा लामो लाइन देखियो न बाहिरिंदा । दर्शकहरुले यसपटक ट्राफिक व्यवस्थापन निकै सुधार भएको प्रतिक्रिया दिइरहेका थिए ।

२३ औं गोर्खाकप कयौं कोणबाट ऐतिहासिक बनेपनि कतिपयले आयोजकका कमी कमजोरी समेत औंल्याएका छन् । तमुधिं यूकेले गोर्खा कपलाई कसरी समीक्षा गरेको छ ? कसरी सफल बन्यो यो वृहत इभेन्ट ? अब संस्थाका योजना के छन् ? आदि विषयमा नेपालीलिंकले तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसंग पोष्ट इभेन्ट संवाद गरेको छ ।

भिडियो संवाद हेर्न यो लिंकमा क्लिक गर्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register