लन्डन उडेको एयर इन्डिया विमान दुर्घटनामा २४१ को मृत्यु, एक बेलायती बांचे

लन्डन । एयर इन्डियाले अहमदावादमा भएको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एयर इन्डियाले बिहीबार राती एक विज्ञप्ति जारी गर्दै विमानमा सवार २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो । एयरलाइन्सले एकमात्र बाँचेका बेलायतीको अस्पतालमा उपचार भइरहेको पनि जनाएको छ । एयर इन्डियाका अनुसार लन्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई […]

Jun 12, 2025 - 20:48
 0
लन्डन उडेको एयर इन्डिया विमान दुर्घटनामा २४१ को मृत्यु, एक बेलायती बांचे


लन्डन । एयर इन्डियाले अहमदावादमा भएको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एयर इन्डियाले बिहीबार राती एक विज्ञप्ति जारी गर्दै विमानमा सवार २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो । एयरलाइन्सले एकमात्र बाँचेका बेलायतीको अस्पतालमा उपचार भइरहेको पनि जनाएको छ ।

एयर इन्डियाका अनुसार लन्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमान टेक अफ भएको केही सेकेण्डमै आवासीय क्षेत्रमा दुर्घटना भएको थियो ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरे ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुगीज नागरिक थिए।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, ‘प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।’

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले अहमदावादस्थित विमान दुर्घटनास्थलमा राहत तथा उद्धार कार्यको समीक्षा गर्न बिहीबार साँझ घटनास्थलको अवलोकन भ्रमण गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register