नेपाली लिंक छैठौं वर्षमा

लन्डन । लन्डनबाट सञ्चालित नेपाली लिंक डटकम छैठौं वर्षमा प्रवेश गरेको छ । यस सुःखद अवसरमा हामी समस्त पाठक, मल्टिमिडिया दर्शक, विज्ञापनदाता एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । बेलायतमा बढ्दो नेपाली समुदायसंगै व्यवसायिक पत्रकारिताको खांचो महशुस गरेर नेपाली लिंक शुरुवात गरेको अस्ती झैं लाग्छ । यसबीचमा केही उतारचढाव आए तर हामीलाई ५ वर्ष […]

Apr 14, 2025 - 08:32
 0
नेपाली लिंक छैठौं वर्षमा

लन्डन । लन्डनबाट सञ्चालित नेपाली लिंक डटकम छैठौं वर्षमा प्रवेश गरेको छ । यस सुःखद अवसरमा हामी समस्त पाठक, मल्टिमिडिया दर्शक, विज्ञापनदाता एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

बेलायतमा बढ्दो नेपाली समुदायसंगै व्यवसायिक पत्रकारिताको खांचो महशुस गरेर नेपाली लिंक शुरुवात गरेको अस्ती झैं लाग्छ । यसबीचमा केही उतारचढाव आए तर हामीलाई ५ वर्ष व्यतित भएको पत्तै भएन ।

अब हामी शैशवकाल पार गरेर परिपक्वतातर्फ लम्किरहेको भान भएको छ । सिमित श्रोत साधन, व्यवसायिक पत्रकारिता भर्सेस कपी पेष्ट पत्रकारिता र सशक्त सोसल मिडिया प्लेटफर्मकाबीचमा आफूलाई दरो रुपमा उभ्याउन सहज पक्कै थिएन । तर, हाम्रो व्यवसायिक पत्रकारिता अभ्यास र समर्पणले छोटो समयमै लाखौं पाठक एवं दर्शकको मन जित्न सफल भयौं, हामीले यसैलाई ठूलो उपलब्धि मानेका छौं ।

हामीले समयको मागसंगै पछिल्लो पटक मल्टिमिडियालाई विशेष प्राथमिकतामा राखेका छौं। समाचारको कमी होस् तर पुष्टि नभएका र अरुबाट कपी गरिएका सामग्री नराख्ने हाम्रो अठोट छ । मूलधारमा आउने समाचारभन्दा बेलायतकै स्थानीय समाचारलाई प्राथमिकता दिने हाम्रो प्रण छ ।

मानिसका हात हातमा स्मार्ट फोन, सशक्त सोसल मिडिया र हरेक व्यक्ति नै पत्रकार बनिरहेको अहिलेको डिजिटल युगमा विदेशबाट नेपाली मिडिया सञ्चालनमा व्यापक चुनौति रहेको घामझैं छर्लंग छ । त्यसकारण सत्यतथ्य, सन्तुलित र विश्वसनीय सामग्री पस्कन हामी दृढ रहने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं। समस्त पाठकवर्गलाई केही प्रकाशन वा प्रसारणयोग्य सामग्री भए उपलब्ध गराइदिनु हुन पनि हाम्रो विशेष अनुरोध छ ।

नेपाली मिडियाको मेरुदण्ड नै भरपर्दो समाचार श्रोत र विज्ञापन भएको परिप्रेक्ष्यमा हामी यहांहरुबाट सधैं साथ सहयोगको अपेक्षा गर्दछौं ।

अन्त्यमा तपाईंहरुको माया निरन्तर पाइराख्ने अपेक्षासहित नेपाली नयां वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

– नेपालीलिंक डटकम

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register