गणेश रसिक : ‘लेकाली’ समूहबाट गायनमा, कविदेखि नियात्राकारसम्म

काठमाडौं । आइतबार निधन भएका संगीत सर्जक गणेश रसिकको जन्म भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा भएको थियो । उनी ५० को दशकमा इलाम सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका थिए । उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, […]

Jun 1, 2025 - 10:58
 0
गणेश रसिक : ‘लेकाली’ समूहबाट गायनमा, कविदेखि नियात्राकारसम्म

काठमाडौं । आइतबार निधन भएका संगीत सर्जक गणेश रसिकको जन्म भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा भएको थियो । उनी ५० को दशकमा इलाम सरेका थिए ।

करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका थिए ।

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए । उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ ।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।

रसिकको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आइतबार बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिएका छन् ।

उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
रसिकका छोरा र श्रीमतीको भने यसअघि नै निधन भइसकेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register