स्थानीयबीच झडप हुँदा तनावग्रस्त नवलपरासी पश्चिम, केही राउण्ड हवाई फायर

काठमाडौं । दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ । सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरी […]

Feb 25, 2025 - 08:20
 0
स्थानीयबीच झडप हुँदा तनावग्रस्त नवलपरासी पश्चिम, केही राउण्ड हवाई फायर

काठमाडौं । दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ ।

सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी र स्थानीयसहित १५ जना घाइते भएका छन् । अहिले स्थिति सामान्य बन्दै गइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register