झापामा ५४ प्रतिशतले आमाले मात्र गराउँछन् पूर्ण स्तनपान
सन्तोष शर्माझापा, २६ जेठ । झापामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् । चालू आर्थिक वर्षको २०८१÷०८२ को चैत महिनासम्म बृद्धि अनुगमन तथ्यांक अनुसार जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । “शिक्षित र आर्थिक रुपमा [...] The post झापामा ५४ प्रतिशतले आमाले मात्र गराउँछन् पूर्ण स्तनपान appeared first on Jhapa Online.

सन्तोष शर्मा
झापा, २६ जेठ । झापामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् ।
चालू आर्थिक वर्षको २०८१÷०८२ को चैत महिनासम्म बृद्धि अनुगमन तथ्यांक अनुसार जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।
“शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम स्तनपान गराउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, कम शिक्षित र आर्थिक अवस्था कमजोर भएका आमाहरुले बढी स्तनपान गराउने गरेको देखिएको छ ।”
कोशीमा बट्टाको दूध धेरै प्रयोग
कोशी प्रदेशमा पूर्ण स्तनपान गराउनेको संख्या सन् २०२२ को तथ्यांक अनुसार ५३ प्रतिशत रहेको छ । नेपालमासन् २०१६ मा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत थियो भने सन् २०२२ मा उक्त दर ५६ प्रतिशतमा झरेको छ ।
सन् २०१६ को तथ्यांकमा नेपालमा नवजात शिशुलाई बट्टाको दूध सेवन गराउने दर १६ प्रतिशत रहेको थियो भने सन् २०२२ मा उक्त संख्या बृद्धि भएर २२ प्रतिशत पुगेको छ । “कोशी प्रदेशमा सबैभन्दा धेरै २५ प्रतिशत बट्टाको दूध सेवन गराउने गरेको तथ्यांक छ”, उहाँले भन्नुभयो, “उच्च वर्गमा बट्टाको दूधको प्रयोग बढी देखिएको छ ।”
नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको संख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत पाठकले बताउनुभयो ।
स्तनपानका तीन व्यवहार सिफारिस
स्तनपानका लागि जन्मेको एक घण्टाभित्र, छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि पुरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने तीन वटा व्यवहार सिफारिस गरिएको छ ।
आमाले जति धेरै दूध चुसायो त्यति नै धेरै दूध आउने पाठकले बताउनुभयो । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशन कमी आउने उहाँले बताउनुभयो ।
स्तनपान प्रबद्र्धनका प्रयास
झापामा स्तनपान प्रबद्र्धनका लागि संघीय, प्रदेश र स्थानीय तहले विविध गतिविधि गर्दै आएका छन् । सरकारी कार्यालय, सार्वजनिक स्थान, बैंक तथा वित्तीय संस्थाहरुमा स्तनपान कक्ष निर्माण गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ आमाको दूध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तनपान परामर्शदाता तालिम दिने तयारी गरिरहेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा मातृशिशु मैत्री सेवा प्रदान गरिँदै आएको छ ।
जिल्लाका स्थानीय तहहरुले सुत्केरी पोषणा कार्यक्रम अन्तरगत पोसिलो खानेकुरा लगायतका सामग्री वितरण गर्दै आएका छन् । नेपालमा प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइने गरिन्छ । दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउनेको संख्या ९० प्रतिशत बढी पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।
The post झापामा ५४ प्रतिशतले आमाले मात्र गराउँछन् पूर्ण स्तनपान appeared first on Jhapa Online.
What's Your Reaction?






