अर्जुनधाराको नगर १६ औं अधिवेशन शुरु, तीन विधेयक प्रस्तुत

अर्जुनधारा, २९ माघ । झापाको अर्जुनधारा नगरपालिकाको १६औं नगरसभाको नियमित अधिवेशन आजबाट शुरु भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा नगरपालिकाको सभा हलमा आजदेखि अधिवेशनमा शुरु भएको हो । अर्जुनधारा नगरपालिकाको उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक खड्गमाया पराजुलीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको समिक्षात्मक प्रतिवेदन [...] The post अर्जुनधाराको नगर १६ औं अधिवेशन शुरु, तीन विधेयक प्रस्तुत appeared first on Jhapa Online.

Feb 11, 2025 - 11:55
 0
अर्जुनधाराको नगर १६ औं अधिवेशन शुरु, तीन विधेयक प्रस्तुत

अर्जुनधारा, २९ माघ । झापाको अर्जुनधारा नगरपालिकाको १६औं नगरसभाको नियमित अधिवेशन आजबाट शुरु भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा नगरपालिकाको सभा हलमा आजदेखि अधिवेशनमा शुरु भएको हो ।

अर्जुनधारा नगरपालिकाको उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक खड्गमाया पराजुलीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नगर सभामा उहाँले अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन, संशोधित कार्यक्रम र २०८१/८२ का लागि प्रस्तावहरू समेत पेश गर्नुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि संशोधित आयतर्फ ९९ करोड ६९ लाख २१ हजार ६४४ रहेको र यथार्थ आयत ८५ करोड ६५ लाख ९७४३ रुपैयाँ ८० पैसा रहेको हिसाबमा प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाको संशोधित खर्च ९३ करोड ८१ लाख ७४ हजार आठ सय ९४ र यथार्थ खर्च ८१ करोड दुई लाख ३५ हजार नौ सय एक रुपैयाँ रहेको छ खर्चको प्रगति ८६.३६ रहेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १५ औं नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि प्रगति समीक्षा नगर उपप्रमुख पराजुलीले प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षका लागि ९६ करोड २१ लाख ८३ हजार आठ सय ४२ रुपैयाँ बजेट स्वीकृत गरेकोमा २०८१ पुस मसान्तसम्म पुँजीगतर्फ २०.५ प्रतिशत, चालूतर्फ ३६.५२, वित्तीय तर्फ २९.५६ प्रतिशत खर्च भएको बताउनुभयो ।

सोही अवधिमा विषयगत क्षेत्रगत रुपमा आर्थिक विकासमा १ करोड ३२ लाख ८७ हजा ४०९, सामाजिक विकास तर्फ १४ करोड ३४ लाख ८० हजार ३७९, पूर्वाधार विकासतर्फ ६ करोड ८ लाख ३ हजार २३३, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २७ लाख ७४ हजार ३३० र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६ करोड ४० लाख ९७ हजार १८८ रूपैयाँ रहेको भएको प्रतिवेदनमा उल्लेख छ ।

उपप्रमुख पराजुलीले चालु आर्थिक वर्षमा आन्तरिक स्रोततर्फ कुल ७ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्ममा ३ करोड ४५ लाख ७० हजार ३६७ रुपैयाँ संकलन भएको बताउनुभयो । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् संकलन तथा बिक्री बापत ७ करोड२७ लाख १५ हजार ७१९ रुपैयाँ भ्याट बाहेक ठेक्का लगाएको नगरसभामा जानकारी दिइयो ।

नगर सभामा कार्यपालिका सदस्य चन्द्रमाया तामाङले कृषि तथा पशुपंक्षी विधेयक–२०८१, स्थानीय बजार तथा अनुगमन विधेयक, विपद जोखिम न्यूनीकर तथा व्यवस्थापन विधेयक–२०८१ र रोजगार विधेयक–२०८१ नगर सभामा प्रस्तुत गर्नुभएको थियो । उहाँले विधेयक ऐनका रुपमा निर्माण हुने भएकाले नगरसभाका सदस्यहरुलाई अध्ययनसँगै सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

त्यस्तै, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले अर्जुनधारा नगरपालिकाको संगठन तथा व्यवस्थापन प्रतिवेदन–२०८१ प्रस्तुत गर्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललाई हस्तान्तरण गर्नुभएको थियो ।

नगर अर्को बैठक फागुन ४ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको नगर प्रमुख गोम्देनले घोषणा गर्नुभएको थियो ।

The post अर्जुनधाराको नगर १६ औं अधिवेशन शुरु, तीन विधेयक प्रस्तुत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register