‘नेपालमा ५० वर्षलाई पुग्ने तेल र ग्यासको खानी छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा प्रशस्त तेल र ग्यासको खानी भएको बताएका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  उनले नेपालसँग ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्न सक्ने तेल र ग्यासको खानी रहेको बताएका छन् ।  त्यस्तै, कार्यक्रममा अर्थमन्त्रीले देशबाट विदेश पलायन भइरहेको जनशक्तिलाई देशमै […]

Jun 12, 2025 - 07:23
 0
‘नेपालमा ५० वर्षलाई पुग्ने तेल र ग्यासको खानी छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा प्रशस्त तेल र ग्यासको खानी भएको बताएका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले नेपालसँग ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्न सक्ने तेल र ग्यासको खानी रहेको बताएका छन् । 

त्यस्तै, कार्यक्रममा अर्थमन्त्रीले देशबाट विदेश पलायन भइरहेको जनशक्तिलाई देशमै रोक्न सही राजनीतिक नेतृत्वको खाँचो भएको भन्दै हालको सरकारले सो खाँचो पूर्ति गर्नतर्फ ध्यान दिएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट पनि युवा जनशक्तिलाई स्वदेशमै रोक्न प्रेरित गर्ने खालको भएको बताएका छन् । 

त्यस्तै, प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गरिने अर्थमन्त्री पौडेलले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register