निफ्राले जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ७ वर्षे अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८-८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र […]

May 22, 2025 - 07:50
 0
निफ्राले जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ७ वर्षे अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८-८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको छ । जसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने  बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । एक लाख इकाई ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । सो ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन भने जेठ २१ गतेसम्म दिन सकिनेछ । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा असार १ गतेसम्म बिक्री खुला गरिने बैंकले जनाएको छ ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register