घुम्नै पर्ने गोदावरीको राष्ट्रिय वनस्पति उद्यान (तस्विरहरू)

काठमाडौँ । ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय: बाह्रै महीना हरियो हुन्छ । दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो । ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरु आउने गर्छन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा […]

Jun 12, 2025 - 07:34
 0
घुम्नै पर्ने गोदावरीको राष्ट्रिय वनस्पति उद्यान (तस्विरहरू)

काठमाडौँ । ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय: बाह्रै महीना हरियो हुन्छ । दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।

८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरु आउने गर्छन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन् ।

ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन् । प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register